सधै आफ्नो परिवारका साथ जन्मदिन मनाउने पारस एक्कासी आफ्नो जन्मदिन मनाउन एक्लै चितवनतिर लागेपछि ….

  • प्रकाशित मिति: आइतबार, पुष १५ २०७५
  • तामाकोशी

काठमाडौं, १५ पुस । आफ्नो अधिकांस जन्मदिन छोराछोरीसंगै मनाउने गरेका पारसले यो वर्ष अरु साथीहरूसँग मनाउने भएका छन् ।शनिवारै चितवन आएका पारसका साथमा राजेश सिह, सितल सिह लगायत आफ्ना नजिकका साथीहरू सहभागि भएका छन् । पारस आज पुस १५ गतेदेखि ४९ वर्ष लाग्दै छन् ।

पुर्व राजा ज्ञानेन्द्रले भने छोराको जन्मदिन पोखरामा मनाउने अपेक्षा गरेका थिए । ‘आमा कोमल, श्रीमति हिमानी, छोरीहरु पुर्णिका, किर्तिका, छोरा हृदयन्द्र, बहिनी प्रेरणालगायतले पारससंगै जन्मदिन मनाउने योजना बनाएका थिए, तर पारस आफ्ना साथीसंग चितवन गएका छन्’–स्रोतले नेपाल समाचारपत्रसंग भन्यो ।



यही पुस १७ गते अग्रेजी नया वर्ष र छोरा पारसको जन्मदिन मनाउने योजनासहित पुर्वराजाको परिवार पुस २ गतेदेखि पोखरा निर्मल पोखरीस्थित माउण्टेन ग्लोरी फरेष्ट रिसोर्टमा बस्दै आएको थियो ।श्रीमानको जन्मदिन मनाउन पुर्व युवराज्ञी हिमानी शाह थाइल्याण्ड बस्दै आएका दुई छोरी र छोरा हृदयन्द्रसहित गएको १० गते पोखरा पुगेकी थिइन् ।

यसैबीच पुर्व राजा ज्ञानेन्द्र आज आइतबार देवीको मन्दीरमा पुजाअर्चना गर्न दुलेगौडा जाने कार्यक्रम तय भएको छ । उहाँ पश्चिमाञ्चललगत्तै माघ पहिलो साता पुर्वाञ्चलको झापा जाने कार्यक्रम तय भएको छ ।नेपाल समाचारपत्र छ।झापामा रहँदा उनि आफ्नै स्वामित्वमा रहेको हिमालयन टी गार्डेनमा बस्ने कार्यक्रम तय भएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ज्ञानेन्द्रलाई भेटेसंगै फागुन ७ गतेबाट आन्दोलन घोषणा गर्ने बताउदै आएका छन् । लगत्तै झापामा विभिन्न तहका नेता कार्यकर्तासंग भेट गर्ने योजना रहेको छ ।झण्डै तीन साता लामो समयसम्म बस्ने योजना तय गर्नुभएका ज्ञानेन्द्रले यही फागुन ७ गते कोमलको जन्मदिन झापामै मनाउने कार्यक्रम तय गरेको स्रोतले जनाएको छ ।