रामेछाप । २७ औँ भुजी लिग २०८२ को उपाधि पुरुषतर्फ लिखु भुजी रामेछापले जितेको छ। फाइनल खेलमा लिखु भुजी रामेछाप कल्प–बाम्तीभण्डारबिच भएको खेलमा बाम्ती भण्डारलाई ०-१ गोलको अन्तरले पराजित गर्दै लिखु भुजी रामेछापले उपाधि उचालेको हो।
खेलको ८९ औँ मिनेटमा लिखु भुजीका९ नम्बर खेलाडी बिनत सुनुवारले निर्णायक गोल गरेका थिए। प्रथम हुने लिखु भुजी रामेछापले१ लाख २७ हजार ७ सय २७ रुपैयाँ, जबकि दोस्रो हुने बाम्ती भण्डारले ६७ हजार ७ सय २७ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।
पुरुषतर्फका विशिष्ट पुरस्कार यसप्रकार रहे:
· Man of the Match: ९ नम्बर जर्सी सुजन सुनुवार (लिखु भुजी)
· Master Assist Player: ८ नम्बर जर्सी पवन बुढाथोकी (लिखु भुजी)
· Best Defender: ८ नम्बर जर्सी चन्द्र ह्याङ लिम्बु (लिखु भुजी)
· Top Scorer: ७ नम्बर जर्सी चीन लामा (लिखु भुजी)
· Best Player: ९ नम्बर जर्सी निखिल सुनार (बाम्ती भण्डार)
महिला टिमको फुटबलमा पनि फुटबल क्लब भुजी रामेछाप ए टिमले बि टिमलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि जित्यो। प्रथम हुने ए टिमले ३० हजार रुपैयाँ, दोस्रो बि टिमले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। महिला प्रतियोगितामा कुल ३ टिमले भाग लिएका थिए। प्रतियोगिता असोज २४ देखि सुरु भई असोज २९ मा सम्पन्न भएको थियो।
