रामेछाप । रामेछापको लिखुतामाकोशी गाउँपालिका–६ खिम्तीको बिर्ता लाम पानीमा यात्रुबहा बस दुर्घटना भएको छ । शुक्रवार बिहान गैरी हुँदै मन्थली तर्फ आउँदै गरेको बा ५ ख ५६२४ अरनिको यात्रुवाहक बस लिखुतामाकोशी गाउँपालिका–६ खिम्तीको बिर्ता लाम पानीमा चिप्लिएर सडकबाट खस्दा चालक, सहचालक सहित ९ जना घाइते भएका हुन् । घाइते भएका मध्ये ५ जनाको अवस्था गम्भीर रहेको स्थानीयले बताएका छन् । घाइतेहरूको उद्धार गरी सदरमुकाम मन्थली स्थित मन्थली अस्पताल लगायतका अस्पतालमा पठाइएको स्थानीयहरूले बताएका छन् । सडकबाट खसेको बस खर पाखामा रहेका रुखहरुमा अड्कीदा कम क्षति भएको स्थानीयले बताएका छन् । दुर्घटना बारे विस्तृत जनाकारी भने आउन बाकी नै छ ।
रामेछापको खिम्ती बिर्तामा यात्रुबहा बस दुर्घटना, ९ जना घाइते, ५ को अवस्था गम्भीर
- प्रकाशित मिति: शुक्रबार, असार १५ २०८१
- तामाकोशी