भक्तपुर । भक्तपुरमा कारसँग स्कुटर ठोक्किँदा स्कुटर चालक रामेछापको लिखुतामाकोशी गाउँपालिका–४ घर भई हाल माइतीघरमा बस्दै आएका २३ वर्षीय सुजन तामाङको ज्यान गएको छ । सोमबार दिउँसो करिब सवा ३ बजे सूर्य विनायक नगरपालिका–५ सृजना नगरमा जगतीबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश नम्बर ०१०३० च ०९९५ नम्बरको कारलाई सोही दिशाबाट जाँदै गरेको बा ७३ प २८३६ नम्बरको स्कुटरले ठक्कर दिँदा चालक तामाङ गम्भीर घाइते भएका थिए । घटनापछि उनलाई तत्कालै उद्धार गरी उपचारका लागि मध्यपुरठिमी अस्पतालमा लगिएकोमा उपचारका क्रममा सोमबार बेलुकी निधन भएको भक्तपुर प्रहरी परिसरका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो । स्कुटरमा पछाडि सवार २३ वर्षीय राज तामाङको सोही अस्पतालमा उपचारा भइरहेको छ ।
कारसँग स्कुटर ठोक्किँदा रामेछापका सुजन तामाङको ज्यान गयो
- प्रकाशित मिति: मंगलबार, बैशाख १८ २०८१
- तामाकोशी