स्कुटर दुर्घटनामा गम्भीर घाइते रामेछाप मन्थलीकी माझीको मृत्यु

  • प्रकाशित मिति: आइतबार, बैशाख १६ २०८१
  • तामाकोशी

रामेछाप । स्कुटर दुर्घटनामा परि गम्भीर घाइते भएकी रामेछापकी एक महिलाको मृत्यु भएको छ । शनिवार राति दुर्घटनामा परि गम्भीर घाइते भएकी रामेछापको मन्थली नगरपालिका १ की ३५ वर्षीया सरस्वती माझीको उपचारका क्रममा शनिवार राति नै मृत्यु भएको हो । दुर्घटनामा परि गम्भीर घाइते भएकी माझीको सदरमुकाम मन्थली स्थित मन्थली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको रामेछाप प्रहरीले जनाएको छ । माझी सवार बा ७२ प ९१७२ नम्बरको स्कुटर गए राति मन्थलीबाट तिनलाल पार्कतर्फ जाने क्रममा मन्थली नगरपालिका १ हाटे चौर स्थित सडकमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाइ छ ।यो सहित रामेछाप जिल्लामा २०८१ सालको १४ दिनमा सडक दुर्घटनमा परी ज्यान गुमाउनेको सङ्ख्या ३ जना पुगेको छ ।