रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा मलामी बोकेको बोलेरो दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । बुधवार दिउँसो २ : ४५ बजेको समयमा खाँडादेवी–४ त्रिवेणीबाट घर फर्किएका मलामी बोकेको बा ६ च ९१६२ नम्बरको सिङ्गल क्यापको बोलेरो सोही वडाको सान्नेफेदी भन्ने स्थानमा दुर्घटना हुँदा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । गुडिरहेको बोलेरो अचानक ब्याक भई सडकमा पल्टिदा घाइते भएका १५ जना मध्ये दुई जनाको अवस्था गम्भीर रहेको बनाइएको छ । अहिले घाइते सबैको सदरमुकाम मन्थली स्थित मन्थली नगर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा गम्भीर घाइते भएका दुई जनालाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको बताइएको छ । बोलेरो चालक मन्थली नगरपालिका–७ भटौलीको मुगिटारका ३६ वर्षका अरुण माझी प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
रामेछापको खाँडादेवी गाउँपालिकामा मलामी बोकेको बोलेरो दुर्घटना
- प्रकाशित मिति: बुधबार, बैशाख १२ २०८१
- तामाकोशी