रामेछाप । रामेछापको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल खाँडादेवी मन्दिर दर्शन गरेर फर्किँदै गरेको इलेक्ट्रिक बस दुर्घटना भएको छ । नयाँ वर्षको दिन शनिवार खाँडादेवी गाउँपालिका वडा नं ३ चरिखोलामा बस दुर्घटना हुँदा १० जना घाइते भएको इलाका प्रहरी कार्यालय चोप्राङ्ले जनाएको छ । शनिवार दिउसो ३ः१५ बजे खाँडादेवी मन्दिर दर्शन गरेर बनेपा फर्किँदै गरेको बा ४ ख २०६० नम्बरको इलेक्ट्रिक भ्यान अचानक ब्रेक फेल भएर सडकबाट अन्दाजी ५० मिटर तल खसेको प्रहरीको भनाइ छ । दुर्घटनामा काभ्रेको बनेपा नगरपालिका वडा नं १० बनेपाकी ३७ वर्षीय सरिता दाहाल, सोही ठाउँका ५६ वर्षीय हरि शङ्कर दाहाल, बिन्दा तिम्सिना, आर्सु थापा, सरिता थापा, सुमित्रा थापा, समीर दाहाल, अनुसा केसी, ध्रुव खतिवडा र प्रगति पाण्डे घाइते भएका छन् । घाइतेहरूको प्रहरी सहितको टोलीले उद्धार गरी थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
घाइतेहरुको अवस्था सहितको विवरण
(१)जिल्ला काभ्रे बनेपा न.पा. वडा नं. १० बनेपा बस्ने हरी शंकर दाहालको श्रीमती वर्ष ३७ कि सरिता दाहालको बायाँ हात भाँचिएको अवस्था मध्यम बोल्न सक्ने, उपचारको लागि धुलिखेल अस्पताल लगिएको।
(२) ऐ.ऐ. बस्ने वर्ष ५६ को हरी शंकर दाहालको बायाँ हात भाँचिएको अवस्था मध्यम बोल्न सक्ने,उपचारको लागि धुलिखेल अस्पताल लगिएको।
(३) ऐ.ऐ. बस्ने बिन्दा तिमल्सिना को अगाडीको ३ वटा दाँत भाँचिएको, अनुहारमा सामान्य चोट रहेको, अवस्था मध्यम बोल्न सक्ने,उपचारको लागि धुलिखेल अस्पताल लगिएको।
(४) ऐ.ऐ. बस्ने आर्सु थापाको कम्मरको बिच भाग नचलेको अवस्था मध्यम बोल्न सक्ने,उपचारको लागि धुलिखेल अस्पताल लगिएको।
(५)ऐ.ऐ. बस्ने सरिता थापा,सुमित्रा थापा, समिर दाहाल ,अनुसा के.सी. धुर्व खतिवडा, प्रगती पाण्डे, निजहरुको अवस्था सामान्य रहेको, उपचारको लागि धुलिखेल अस्पताल लगिए
खाँडादेवी मन्दिर दर्शन गरेर फर्किँदै गरेको इलेक्ट्रिक बस दुर्घटना, १० जना घाइते
- प्रकाशित मिति: शनिबार, बैशाख १ २०८१
- तामाकोशी