आगलागीबाट गम्भीर घाइते भएकी रामेछाप पुरानागाउँकी वृद्धाको मृत्यु

  • प्रकाशित मिति: शुक्रबार, चैत्र ३० २०८०
  • तामाकोशी

रामेछाप । रामेछापको मन्थली नगरपालिका–९ पुरानागाउँमा आगलागीमा परि गम्भीर घाइते भएकी एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ । बिहीबार बिहान आफ्नै बारीमा सुकेको पात, पत्कर तथा झ्यास जलाउने क्रममा शरीरमा आगो सल्किएर गम्भीर घाइते भएकी मन्थली नगरपालिका–९ पुरानागाउँ लामा टोलकी ८५ वर्षीय लालमाया तामाङ गम्भीर घाइते भएकी थिइन । उनलाई बिहीबार दिउँसो थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ लगिएको थियो । लामाको कीर्तिपुर स्थित बर्निङ अस्पताल उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।