रामेछाप। रामेछापको मन्थली नगरपालिका–९ पुरानागाउँमा आगलागीमा परि गम्भीर घाइते भएकी वृद्धालाई हेलिकप्टर मार्फत काठमाडौँ लगिएको छ । बिहीबार बिहान आफ्नै बारीमा सुकेको पात, पत्कर तथा झ्यास जलाउने क्रममा शरीरमा आगो सल्किएर गम्भीर घाइते भएकी मन्थली नगरपालिका–९ पुरानागाउँ लामा टोलकी ८५ वर्षीय लालमाया तामाङलाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । घाइते लामालाई उपचारका लागि श्री यरलाइन्स कम्पनीको हेलिकप्टरद्वारा कीर्तिपुर स्थित बर्निङ अस्पताल काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
आगलागीबाट गम्भीर घाइते वृद्धालाई हेलिकप्टर मार्फत काठमाडौँ लगियो
- प्रकाशित मिति: बिहिबार, चैत्र २९ २०८०
- तामाकोशी