दोरम्बा शैलुङ गाउँपालिकामा निशान गाडी दुर्घटना हुँदा ५ जना घाइते

  • प्रकाशित मिति: मंगलबार, भाद्र १२ २०८०
  • तामाकोशी

रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं २ स्थित सिस्नेरीमा निशान गाडी दुर्घटना हुँदा चालक सहित ५ जना घाइते भएका छन् । दोरम्बा शैलुङ गाउँपालिका नं.२ स्थित बोदल डाँडाबाट घट्टे खोलामा निर्माण भइरहेको पुलका लागी रड लिएर आउँदै गरेको बा ५ ख ४०३८ नम्बरको निशान गाडी आफै अनियन्त्रित भई सोही वडाको सिस्नेरीमा सडकबाट २०० मिटर तल खस्न गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । सोमबार अपराह्न साढे ४ बजेको समयमा भएको गाडी दुर्घटनामा परी घाइते भएका ५ जनालाई उद्धार गरी थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाको विवरण हेर्नुहोस्
१.चालक दोरम्बा शैलुङ गा.पा.वडा नं.–२ बस्ने वर्ष ३२ को युनिक पाठक शरीरभरि चोट अवस्था बेहोस
२. दोरम्बा शैलुङ गा.पा.वडा नं.–२ बस्ने वर्ष ३७ को ध्रुव पाठक शरीरभरि चोट अवस्था बेहोस
३. दोरम्बा शैलुङ गा.पा.वडा नं.–२ बस्ने वर्ष ३५ को कुमार बसेल शरीरभरि चोट अवस्था मध्यम
४. दोरम्बा शैलुङ गा.पा.वडा नं.–२ बस्ने वर्ष २६ कुमार शरीरभरि चोट योन्जन अवस्था मध्यम
५. दोरम्बा शैलुङ गा.पा.वडा नं.–२ बस्ने वर्ष ४६ अं.रामशरण तामाङ शरीरभरि चोट अवस्था मध्यम