रामेछाप जिल्ला स्तरीय आईटीएफ तेकन्दो प्रतियोगितामा मन्थली डोजो प्रथम

  • प्रकाशित मिति: बिहिबार, चैत्र ३० २०७९
  • तामाकोशी

रामेछाप । रामेछाप जिल्ला स्तरीय आईटीएफ तेकन्दो प्रतियोगिताको उपाधि मन्थली डोजोले जितेको छ । बुधबार खाँडादेवी गाउँपालिकाको गाल्पा स्थिति कवर्ड हलमा भएको प्रतियोगितामा मन्थलीले १० वटा गोल्ड मेडल जित्दै प्रथम स्थान हासिल गरेको हो । प्रतियोगितामा नौ वटा गोल्ड मेडल जित्दै सुनापति डोजो दोस्रो भएको छ भने आठ वटा गोल्ड मेडल सहित खाँडादेवी गाउँपालिकाको गाल्पा डोजो तृतीय भएको छ । वाग्मती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठको प्रमुख आतिथ्यता तथा तेकन्दो संघ रामेछापका अध्यक्ष धनराज तामाङको अध्यक्षतामा भएको प्रतियोगितामा विजयी टिम र खेलाडीलाई प्रमुख अतिथि श्रेष्ठ, नेपाल राष्ट्रिय खेलकुद महासंघका कोषाध्यक्ष उज्वल सुवेदी, खाँडादेवी गाउँपालिका–७ का वडाध्यक्ष सिरे तामाङ लगायतले सिल्ड, तथा मेडल वितरण गर्नुभएको थियो ।
प्रतियोगितामा २० देखि २५ केजी समूहको पुरुष तर्फको प्रतियोगितामा रुविन थिङ र महिला तर्फ शशी मोक्तानले गोल्ड मेडल प्राप्त गरेका छन् । यसै गरी पुरुषको २६–३० केजी समूहमा सङ्गम कार्की र महिलामा निशा कार्कीले गोल्ड मेडल प्राप्त गरेका छन् । ३१ देखि ३५ केजी समूहको पुरुषमा समीर भुजेलले गोल्ड मेडल प्राप्त गरेका छन् भने ३६ देखि ४० केजी समूहमा सागर मगर र निरुता श्रेष्ठले गोल्ड मेडल पाएका छन् । ४१ देखि ४५ केजी तौल समूहमा अभिषेक पौडेल र प्रमीला थापाले गोल्ड मेडल जितेका छन् । ४६ देखि ५० केजी उमेर समूहमा रोहित माझी र विनीता थापाले गोल्ड मेडल प्राप्त गरेका छन् । ५१ देखि ५५ केजीमा रोशन थिङ र एलिना घिसिङले गोल्ड मेडल प्राप्त गरेका छन् । ५६ देखि ६० केजी उमेर समूहमा मिलन माझी र मेलिना योञ्जनले गोल्ड मेडल जितेका छन् । काँता प्रदर्शन तर्फ एलो बेल्टमा निमेष थापा र निरुता श्रेष्ठले गोल्ड मेडल जितेका छन् । ग्रिन बेल्ट तर्फ आविष्कार सुवेदी र दिया भुजेलले गोल्ड मेडल प्राप्त गरेका छन् । ब्ल्यु बेल्टमा सहिल दोङ र निशा कार्कीले गोल्ड मेलड जितेका छन् । यसै गरी रेड बेल्ट तर्फ सुजन ब्लोन र सामना मोक्तानले गोल्ड मेडल पाएका छन् । मिलन मोक्तान र विनीता थापाले ब्ल्याक बेल्टमा गोल्ड मेडल प्राप्त गरेका छन् । प्रतियोगितामा बेष्ट प्लेयरको उपाधि समीर भुजेल र शशी मोक्तानले प्राप्त गरेका छन् ।