सिन्धुली कार दुर्घटनामा ज्यान गुमाउने चारै जना भारतीय नागरिक

  • प्रकाशित मिति: बुधबार, चैत्र २९ २०७९
  • तामाकोशी

सिन्धुली । सिन्धुलीमा कार दुर्घटनामा परी मृत्यु भएका चारै जना भारतीय नागरिक भएको खुलेको छ । मृत्यु हुनेमा भारतको समस्तिपुर विहारका अभिषेक ठाकुर, मुकेश कुमार चौधरी, मुत्यैजकुमार फुलहार र राजेश कुमार सिंह गरेका छन् । दुर्घटनामा परी गम्भिर घाईते भएका समस्तीपुरकै धर्मेन्द्र शाहलाई सिन्धुली अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । सिन्धुलीको कमलामाई नगरपालिका ३ गढी गेट नजिकै बिपि लोकमार्गमा पुर्वदेखि काठमाडौं आउँदै गरेको विआर ०६ डिडि ०६८७ नम्बरको भारतीय कार गएराति आफैं अनियन्त्रित भएर दुर्घटना भएको हो । कार सडकबाट करिव ५ सय फिट तल खसेको सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जिवि दहालले बताउनुभयो ।