रामेछापको कौछिनीमा बोलेरो दुर्घटना हुँदा ४ जनाको मृत्यु, विस्तृत विवरण आउन बाँकी

  • प्रकाशित मिति: बिहिबार, चैत्र २३ २०७९
  • तामाकोशी

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ७ भटौली स्थित कौछिनीमा बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । सदरमुकाम मन्थलीबाट मन्थली नगरपालिका वडा नं ७ भटौलीको कौछिनी जाँदै गरेको बा ११ च ५५३ नम्बको बोलेरो कौछिनी स्थित मगर टोलमा दुर्घटना हुँदा घटना स्थलमै ४ जनाको ज्यान गएको स्थानीय बलबहादुर तामाङले जानकारी दिनुभयो। मृतको पहिचान भइसकेको छैन । दुर्घटना स्थलमा प्रहरी नपुगेकाले घटको विस्तृत विवरण आउन बाँकी नै छ ।