रामेछाप । मध्य पहाडी लोक मार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुइभिरडाँडामा बस दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । २४ जना घाइते भएका छन् । ओखलढुङ्गाबाट काठमाण्डौका लागि छुटेको बा २ ख ६५९६ नम्बरको बस शनिवार बिहान ‘ब्रेक’ फेल भएर दुर्घटना भएको हो । प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले दुर्घटनामा दुई जना महिला, दुई जना पुरुष र एक जना बालकको ज्यान गएको जानकारी दिनुभयो । घाइतेहरूलाई सिन्धुलीको खुर्कोट अस्पतालमा उपचारका लागि पठाइएको छ ।
ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना हुँदा पाँचको मृत्यु
- प्रकाशित मिति: आइतबार, फाल्गुन २८ २०७९
- तामाकोशी