मन्थलीमा जारी वाग्मती प्रदेश स्तरीय भलिबलको लिग चरण सकियो : काठमाडौँ, नुवाकोट र रसुवा बाहिरिए

  • प्रकाशित मिति: बिहिबार, माघ ५ २०७९
  • तामाकोशी

रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा चलिरहेको नेकोस वाग्मती प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको लिग चरणको खेल सकिएको छ। प्रतियोगिताअन्तर्गत लिग चरणको विजेता र उपविजेता बन्दै आठ जिल्ला क्वाटर फाइनलमा प्रवेश गरेका छन्। प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा चितवन जिल्लाले काठमाडौँ जिल्ला, धादिङ जिल्लाले नुवाकोट जिल्ला र दोलखा जिल्लाले रसुवा जिल्लालाई पराजित गरे। चितवनले २५–१५, र २५–१६ को खेलमा काठमाडौँलाई, धादिङले जिल्लाले नुवाकोट जिल्लासँग २५–१८, र २५–१८ को जित निकाल्दै क्वाटर फाइनलको यात्रा तय गरेको हो । यस्तै दोलखा जिल्लाले २५–२०, र २५–१८ को खेलमा रसुवालाई पराजित गरी गरेको छ। लिक कम नक आउट वेस्ट अफ थ्री सिस्टममा खेलाइएको प्रतियोगितामा काठमाडौँ, नुवाकोट र रसुवा जिल्ला बाहिरिएका छन् ।
शुक्रवारदेखि सुरु हुने क्वाटर फाइनल खेलमा सिन्धुली र सिन्धुपाल्चोक जिल्ला, चितवन जिल्ला र काभ्रे जिल्ला, दोलखा जिल्ला र धादिङ जिल्ला , मकवानपुर जिल्ला र रामेछाप जिल्लाबिच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने आयोजक नेपाल खेलकुद महासङ्घ वाग्मती प्रदेश कमिटीले जनाएको छ । प्रतियोगिताको विजेता टोलीले २ लाख नगदसहित, सिल्ड, मेडल र प्रमाणपत्र पाउने छ । त्यस्तै द्वितीय, तृतीय र चौथो हुनेले क्रमशः १ लाख, ५० हजार र ३० हजार नगद, सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।