नाइ’जेरियाको चर्चमा बन्दु’कधारीले आक्र’मण गर्दा दुई जनाको मृ’त्यु

  • प्रकाशित मिति: मंगलबार, कार्तिक १ २०७९
  • तामाकोशी

काठमाडौँ । अफ्रिकी मुलुक नाइ’जेरियाको मध्य क्षेत्रमा रहेको एक चर्चमा भएको आक्र’मणमा परी दुई जनाको मृ’त्यु भएको छ । आक्र’मणमा केही घाइते भएका नाइजे’रियाली प्रह’रीले जनाएको छ ।

घट’ना आइतबार अबेर राति भएको हो । अज्ञात बन्दु’कधारीहरुको समूहले कोगी राज्यको फेले क्षेत्रस्थित सेलेस्टियल चर्च अफ क्राइ’स्टमा आयोजित एक कार्यक्रमका क्रममा आक्र’मण गरेको जनाइएको छ । धार्मिक कार्यक्रममा भाग लिइरहेका श्रद्धा’लुहरूलाई लक्षित गरी बन्दु’कधारीले अन्धा’धुन्ध गोली प्रहार गरेको प्रान्तीय राजधानी लोकोजामा राज्यका प्रह’री प्रवक्ता विलियम ओभिए–आयाले बताएका छन् । मारिने दुबै श्रद्धा’लुहरु महिला रहेको जनाइएको छ । आक्र’मणमा घाइ’ते भएकाहरुको उपचार भइरहेको समेत प्रह’रीले जनाएको छ । आक्र’मणपछि घट’नास्थलमा प्रहरी पुगेपछि बन्दु’कधारी फरार भएका थिए ।



आक्र’मणकारीको खोजी भइरहेको र मृत’कहरुलाई शवगृहमा राखिएको प्रह’रीको भनाइ छ । अहिलेसम्म आक्र’मणकारीहरु पक्रा’उ परेको घोषणा गरिएको छैन । नाइजेरि’यामा पछिल्लो समय धार्मिक एवम् जातीय हिं’सा बढ्दै गएको बताइन्छ ।