रामेछाप । रामेछापमा मंसिर १५ गते देखि दोस्रो राष्ट्रिय माझी गोल्ड कप पुरुष फुटबल प्रतियोगित हुने भएको छ । शनिबार पत्रकार सम्मेलन गरी फुटबल प्रतियोगित हुन लागेको आयोजकले जानकारी दिएको हो । नेपाल माझी उत्थान संघ रामेछापको आयोजनमा हुने फुटबल प्रतियोगिता मंसिर १५ गतेदेखि २१ गतेसम्म हुने भएको छ । खेल मन्थली नगरपालीका वडा नं ६ कुनौरीको खेल मैदानमा सञ्चालन हुने पत्रकार सम्मेलनमा जनाकारी गराइएको थियो । प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै खेल संयोजक बलबहादुर माझीले खेलमा २० जिल्लाका २२ टिमले सहभागिता जनाउने बताउनुभयो । खेलको लागि ३५ लाख रुपैँया खर्च हुने अनुमान गरेकोमा २१ लाख रुपैँया दिने विभिन्न निकायले बचन दिएको आयोजकले जनाएको छ । पक्रकार सम्मेलनमा बोल्दै नेपाल माझी उत्थान संघ रामेछाप अध्यक्ष इन्द्रबहादुर माझीले यो खेल जिल्लाकै गौरव भएकाले सबैलाई सहयोग गर्न अग्रह गर्नुभयो । खेलमा प्रथम हुने टिमले नगद दुई लाख, द्वितिय हुने टिमले नगद एक लाख, तृतिय हुने टिमले नगद ५० हजार सान्त्वना हुने टिमले नगद २५ हजार रुपैयाँ मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडीले नगद १० हजार, उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड र उच्च गोलकर्ताले नगद पाँच हजार रुपैयाँ सहित सिल्ड, मेडल, प्रमाण पत्र प्राप्त गर्नेछन् ।
रामेछापमा मंसिर १५ गते देखि दोस्रो राष्ट्रिय माझी गोल्डकप हुने
- प्रकाशित मिति: आइतबार, मंसिर १२ २०७८
- तामाकोशी