विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैः भारत र अफ्गानिस्तान भिड्दै (बल बाइ बल लाइभ)

  • प्रकाशित मिति: बुधबार, कार्तिक १७ २०७८
  • तामाकोशी

काठमाडौं, १७ कात्तिक । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा न्युजिल्यान्ड र स्कटल्यान्डले एक आपसमा प्रतिष्पर्धा गर्दैछन् । दुबई अन्तराष्ट्रिय स्टेडियममा हुने खेल दिउँसो ३ः४५ बजे देखि चलिरहेको छ ।

२ खेलमा २ हार ब्यहोरेको स्कटल्यान्ड अंकबिहीन रहँदै पुछारमा रहेको छ भने न्युजिल्यान्ड २ अंकका साथ समूह–२ को तेस्रो स्थानमा छ । यस्तै, आज हुने दोस्रो खेलमा भारत र अफ्गानिस्तान भिड्दैछन् । सेख जायाद स्टेडियममा हुने उक्त खेल राति ७ः४५ बजे सुरु हुनेछ ।



आजको खेलमा भारतलाई जित्नैपर्ने दबाब रहेको छ । पहिलो खेलमा पाकिस्तान र दोस्रो खेलमा न्युजिल्यान्डसँग पराजित भएको भारत अंकबिहीन रहेको छ । भारतले यस संस्करणको टी–ट्वान्टी विश्वकपमा निकै खराब प्रदर्शन गर्दै आएको छ । यस्तै, अफ्गानिस्तानले ३ खेलमा २ जित र १ हारसँगै ४ अंक जोडेको छ । अफ्गानिस्तान समूह ‘२’ को दोस्रो स्थानमा रहेको छ । बल बाई बल लाइभ हेर्न यहाँ क्लिक गर्नुहोस् ।