काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टोलिका प्रमुख प्रशिक्षक डेभ व्हाटमोरले राजिनामा दिएका छन् । राष्ट्रिय क्रिकेट टोलिसँगै ओमान भ्रमणमा रहेका उनले नेपाल क्रिकेट संघ क्यानलाई इमेल पठाएर राजिनामा दिएका हुन् । क्यानका सचिब अशोकनाथ प्याकुरेलले उनको राजिनामाको पुष्टि गरे । सचिब प्याकुरेलले ओमान भ्रमण सकिएपछि सम्झौताको म्याद थप्नेबारे छलफल गर्ने क्यानले सोच बनाएकोमा बीचमै राजिनामा आउनु अप्रत्याशित भएको प्रतिक्रिया दिए । राष्ट्रिय क्रिकेट टोलि हाल विश्वकप क्रिकेट लिग–२ खेल्न ओमानमा रहेको छ । टोलि तयारीमा रहँदा प्रमुख प्रशिक्षकको राजिनामाले खेलाडीको समग्र प्रदर्शन प्रभाबित हुने आँकलन गरिएको छ । प्याकुरेलले ओमान भ्रमण सकिएपछि उनको राजिनामा लागू हुने बताए । ‘टिओआर’मा प्रशिक्षकबाट राजिनामा दिनुपर्ने भए एक महिना अगाडि जानकारी गराउनुपर्ने ब्यवस्था गरिएको छ ।
राष्ट्रिय क्रिकेट टिमका कोच ह्वाटमोरले राजीनामा दिए
- प्रकाशित मिति: शनिबार, भाद्र १२ २०७८
- तामाकोशी