ओलम्पिक फुटबलः मेक्सिकोले फ्रान्सलाई ४-१ ले हरायो (भिडियोसहित)

  • प्रकाशित मिति: बिहिबार, साउन ७ २०७८
  • तामाकोशी

एजेन्सी । टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुषतर्फको फुटबलमा मेक्सिकोले फ्रान्सलाई पराजित गरेको छ ।

बिहीबारदेखि शुरु भएको पुरुष फुटबलको समूह ए को खेलमा मेक्सिकोले फ्रान्सलाई ४–१ गोल अन्तरले पराजित गरेको छ । टोकियो रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा मेक्सिकोले चार गोल गर्यो ।



मेक्सिकोका लागि एलेक्स भेगाले ४७औं, सेबास्टिन कवर्डोभाले ५५औं, कार्लोस अन्टुनाले ८०औं र एडुएर्डो अगुएरले इन्जुरी समयमा गोल गरे । फ्रान्सका लागि कप्तान आन्द्रे पिएरे गिगनाकले ६९औं मिनेटमा पेनाल्टीबाट गोल गरे । स्वर्णको दाबेरदारमध्ये एक रहेको फ्रान्सले पहिलो खेलमै लज्जास्पद पराजय बेहोरेको छ भने मेक्सिकोले ३ अंक जोडेको छ । यसै समूहको अर्को खेलमा आजै घरेलु टोली जापानले दक्षिण अफ्रिकासँग खेल्दैछ ।

यस्तै समूह बी अन्तर्गत न्युजिल्याण्डले दक्षिण कोरियालाई १–० ले पराजित गरेको छ । कासिमा रंगशालामा भएको खेलमा न्युजिल्याण्डका लागि क्रिस उडले ७०औं मिनेटमा गोल गरे ।