काठमाडौं। कोपा अमेरिका कप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ।
आइतबार बिहान भएको फाइनलमा ब्राजिललाई १–० ले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको छ। अर्जेन्टिनाको जितमा खेलको २२ औं मिनेटमा एन्जेल डि मारियाले गरेको गोल नै निर्णायक बन्यो। अर्जेन्टिनाले सन् १९९३ पछि पहिलो पटक कोपा अमेरिका कपको उपाधि जितेको हो। यो सँगै लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले २८ वर्षदेखिको उपाधिको खडेरी तोडेको छ।
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले गोल्डेन बल जितेका छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी हुँदै मेस्सीले गोल्डेन बल जितेका हुन् । मेस्सीले प्रतियोगिताको यो संस्करणमा चार गोलसहित पाँच असिस्ट पनि गरेका थिए । मेस्सीको फुटबल करिअरको यो पहिलो अन्तर्राष्ट्रिय उपाधि हो ।