पीएसजीको तुफानी टोलीः रामोस र नेयमारको जोडी

  • प्रकाशित मिति: बिहिबार, असार २४ २०७८
  • तामाकोशी

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बिहीबार सर्जियो रामोसलाई दुई वर्षको लागि अनुबन्ध गरेको छ ।

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बिहीबार सर्जियो रामोसलाई दुई वर्षको लागि अनुबन्ध गरेको छ । रियल म्याड्रिडमा १६ वर्ष बिताएका ३५ वर्षीय रामोसको गत जुनमा स्पेनी क्लबसँगको अनुबन्ध सकिएको थियो । उनलाई युरो २०२० खेलेको स्पेनी टिमका लागि पनि बोलाइएको थिएन । नेयमार, अम्बाब्बे लगाएतको टोलीमा रामोसको प्रबेश संगै अब तुफानी टोलीको रुपमा रहने विश्वास खेलप्रेमीहरुले गर्न थालेका छन् ।



अघिल्लो सिजन सकिएपछि रियलले उनीसँग नयाँ सम्झौता नगर्ने भएपछि पीएसजीले अनुबन्ध गरेको हो । रामोसले रियलबाट १६ सिजन बिताउँदा ६ सय ७१ खेल खेलको थिए । जसमा उनले डिफेन्डर भएरपनि एक सय एक गोल गरेका थिए । रामोसले रियलबाट ५ पटक ला लिगा र चार पटक च्याम्पियन्स् लिगको उपाधि जितेका थिए ।