कोपा अमेरिकामा आजः पेरु र पाराग्वे तथा ब्राजिल र चिली खेल्दै

  • प्रकाशित मिति: शुक्रबार, असार १८ २०७८
  • तामाकोशी

काठमाण्डौ । कोपा अमेरिका फुटबलको क्वाटर फाइनलको पहिलो खेलमा शुक्रवार (आज) राति पेरु र पाराग्वे खेल्दै छन् । यो खेल नेपाली समयअनुसार राति पौने ३ बजे हुनेछ ।

यस्तै दोस्रो खेलमा शनिवार (भोलि) बिहान पौने ६ बजे ब्राजिल र चिली खेल्दैछन् । यस्तै क्वाटर फाइनलको तेस्रो खेलमा आइतवार बिहान पौने ४ बजे उरुग्वे र कोलम्बिया तथा चौथो खेलमा आइतवार नै बिहान पौने ७ बजे अर्जेन्टिना र इक्वेडर खेल्ने छन् ।



समूह ए बाट अर्जेन्टिना, उरुग्वे, पाराग्वे र चिली तथा समूह बीबाट आयोजक ब्राजिलसहित, पेरु, कोलम्बिया र इक्वेडर अन्तिम आठमा पुगेका हुन् ।