युरो कपमा महाभिडन्त आजः ‘ग्रुप अफ डेथ’ समूह चरणका अन्तिम खेल

  • प्रकाशित मिति: बुधबार, असार ९ २०७८
  • तामाकोशी

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत आज चार खेल खेलिने तालिका रहेको छ। समूह चरणका सबै खेल आज अन्त्य हुने हुँदा समूह ‘ई’ र समूह ‘एफ’का सम्पूर्ण टोलीले आज प्रतिस्पर्धा गर्नेछन्।

समूह ‘ई’बाट स्लोभाकियाविरुद्ध स्पेन र स्वीडेनविरुद्ध पोल्यान्ड राती ९ः४५ बजेबाट सुरु हुनेछ । त्यस्तै जर्मनीविरुद्ध हंगेरी र पोर्चुगलविरुद्ध फ्रान्स आज राती मध्यरात १२ः४५ बजे प्रतिस्पर्धा गर्नेछन्।



‘ग्रुप अफ डेथ’ मानिएको समूह ‘एफ’मा फ्रान्सले अन्तिम १६ मा स्थान पक्का बनाउँदा समूह विजेता लगायत तेस्रो टोलीको छिनोफानो आजका खेलले गर्नेछन्।