निक्कै प्रतिस्पर्धात्क खेलमा चिली उरुग्वेसँग बराबरीमा रोकियो (भिडियो सहित)

  • प्रकाशित मिति: मंगलबार, असार ८ २०७८
  • तामाकोशी

रोमा । कोपा अमेरिका फुटबल अन्तर्गत आज भएको निक्कै प्रतिस्पर्धात्मक मानिएको खेलमा चिली र उरुग्वेले १–१ गोलको बराबरी खेलेका छन् ।

बिहान सकिएको खेलको २६ औं मिनेटमा चिलीका एदुआर्दो भर्गासले गोल गर्दै चिलीलाई अग्रता दिलाएका थिए । तर खेलको ६६ औं मिनेटमा चिलीकै भिडालले आत्मघाती गोल गरेपछि खेल बराबरीमा सकियो । चिली पाँच अङ्कसहित अहिलेको अबस्थामा शीर्ष स्थानमा छ ।



कोपा अमेरिकामा अहिले अर्जेन्टिना र पाराग्वे खेलिरहेका छन् । आज विजयी भएमा दुवै टोली शीर्ष स्थानमा पुग्नेछन् ।