युरोकपमा आजः हेभिवेटका तीन वटा खेल हुँदै

  • प्रकाशित मिति: आइतबार, जेष्ठ ३० २०७८
  • तामाकोशी

एजेन्सी । आज हुने पहिलो खेलमा समूह डी मा रहेका इंग्ल्यान्ड र क्रोएसिया भिड्नेछन् । खेल साँझ ६ः४५ बजे सुरु हुनेछ ।

यस्तै आज हुने दोस्रो खेलमा अष्ट्रिया र नर्थ म्यासेडोनियाबीचको खेल ९ः ४५ बजे सुरु हुनेछ । आजको अन्तिम खेलमा समूह सी अन्तरगत युक्रेन र नेदरल्यान्ड्स भिड्नेछन् । नेदरल्यान्ड्सको जोहन क्रुफ रंगशालामा हुने खेल नेपाली समयअनुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ।



समुह ‘सी’ मा नेदरल्यान्ड्स र युक्रेनसँगै अष्ट्रिया र नर्थ मेसेडोनिया छन्।