युरोकप सुरुः इटलीद्धारा टर्कीमाथि ३–० गोलले पराजित (भिडियोसहित)

  • प्रकाशित मिति: शनिबार, जेष्ठ २९ २०७८
  • तामाकोशी

काठमाण्डौ । युरोकप फुटबलको उद्घाटन खेलमा इटलीले टर्कीलाई ३–० गोलले हराएको छ । गएरातिदेखि सुरु भएको प्रतियोगितामा युरोकपकै दाबेदार मानिएको इटलीले टर्कीलाई ३–० गोलले सहजै हराउन सफल भयो ।

टर्कीका मेरिह डेमिरलले आत्मघाती गोल गरेपछि अग्रता बनाएको इटलीका लागि इमोबाइल र लोरेन्जोले एकरएक गोल गरे । इटली रहेको समूहमा स्वीट्जरल्याण्ड, वेल्स र टर्की रहेका छन् । प्रतियोगितामा युरोपका २४ देशले प्रतिस्पर्धा गरिरहेका छन् ।



जुलाई १२ गतेसम्म हुने खेल विभिन्न ११ सहरमा सञ्चालन हुनेछ ।