कोपा अमेरिकाः मेस्सीको कप्तानीमा अर्जेन्टिनाको तुफानी टिम घोषणा

  • प्रकाशित मिति: शुक्रबार, जेष्ठ २८ २०७८
  • तामाकोशी

काठमाडौं । कप्तान लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कोपा अमेरिका २०२१ का लागि राष्ट्रिय टिम घोषणा गरेको छ। अर्जेन्टिना फुटबल फेडेरेसन (एएफए) र मुख्य प्रशिक्षक लियोनेल स्कोलानीले शुक्रबार २८ सदस्यीय टिम घोषणा गरेको हुन्।

तुफानी टोलीमा कप्तान मेस्सीसँगै सर्जियो अगुएरो र लुकास एलारियो छन्। यता, विंगर लुकास ओकम्पासले भने स्थान बनाउन सकेनन्। विश्वकप छनोटमा चिलीसँग १–१ गोलको बराबरी खेलेको खेलमा उनी शुरुआती रोजाइमा परेका थिए।



यस्तै, जुलिएन अल्भारेजलाई विकल्पमा राखिएको छ। चोटसँग जुधिरहेका लुकास एलारियोले पूर्ण ठीक नभएकाले उनलाई विकल्पमा राखिएको हो। कोपा अमेरिका आगामी शनिबार रातिबाट सुरु हुँदैछ। अर्जेन्टिनाले पहिलो खेल आगामी जुन १५ बिहान २ः४५ मा चिलीसँग प्रतिस्पर्धा गर्दैछ।

प्रतियोगितामा साविक विजेता ब्राजिल समूह(बी)मा छ। यो समूहमा ब्राजिलसहित कोलम्बिया, भेनेजुएला, इक्वेइडर र पेरु छन्। समूह(ए) मा अर्जेन्टिना, बोलिभिया, उरुग्वे, चिली र पाराग्वे छन्। प्रतियोगिताको उद्घाटन खेल आगामी शनिबार मध्यराति २ः४५ बजे आयोजक ब्राजिल र भेनेजुएलाबीच हुनेछ।

अर्जेन्टिनाको टिम
गोलकिपरः फ्रान्को अर्मानी, एलिमियानो मार्टिनेज, जुवान मुस्सो, अगस्टिन मार्चेसिन
डिफेन्डरः गोन्जालो मोन्टिल, निकोलास ओटामेन्डी, जर्मन पेजाल्ला, निकोलास टाग्लियाफिको, लुकास मार्टिनेज, मार्कोस अकुना, लिसान्द्रो मार्टिनेज, नहुइल मोलिना, क्रिस्टियन रोमेरो
मिडफिल्डरः लिएन्द्रो परेडेस, जिओभानी ले सेल्सो, पालाकोइस, निकोलास गोन्जालेज, गुइडो रोद्रिगेज, रोद्रिगो डे पाउल, अलेजान्द्रो गोमेज, एन्जेल कोरिआ, निकोलास डोमिन्ज्युज
फरवार्डः लियोनल मेस्सी, लाउटारो मार्टिनेज, एन्जेल डि मारिया, जोआक्विन कोरिआ, सर्जियो अग्युरो, लुकास एलारियो