एजेन्सी । युरोकपअघिको मैत्रीपूर्ण फुटबलमा पोर्चुगलले शानदार इजरायललाई हराएको छ । गएराति भएको खेलमा पोर्चुगलले इजरायललाई ४–० गोलले हराएको हो ।
पोर्चुगलको जितमा ब्रुनो फर्नान्डेजले दुई तथा क्रिस्टियानो रोनाल्डो र क्यान्सेलोले एक-एक गोल गरे ।
युरोकप फुटबलमा पोर्चुगलले आफ्नो पहिलो खेल आउँदो मङ्गलवार हङ्गेरीसँग खेल्नेछ ।