एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले कप्तान तथा स्ट्राइकर लियोनल मेस्सीलाई सम्झौता थप गर्नका लागि प्रस्ताव गरेको छ ।
बार्सिलोनाले मेस्सीलाई औपचारिक रुपमा नवीकरणका लागि प्रस्ताव गरेको स्पेनिस पत्रिका मार्काले जनाएको छ । तर, मेस्सीले बार्सिलोनालाई सम्झौताबारे कुनै प्रतिक्रिया नदिएको मार्काले जनाएको छ ।
अर्जेन्टिनाका मेस्सीको बार्सिलोनासँगको सम्झौता आगामी जुन ३० बाट सकिदैछ ।