एजेन्सी। मिनी विश्वकपको रुपमा चर्चित युरोकप फुटबल पहिलो पटक युरोपका विभिन्न ११ देशमा आयोजना हुँदैछ । यसअघि एक वा दुई देश मिलेर युरोकप आयोजना गर्ने गरेका थिए ।
अहिलेसम्म १५ संस्करण सम्पन्न हुँदा १२ पटक एकै देशले आयोजना गरेको छ भने तीन पटक भने दुई देश मिलेर आयोजना गरेका थिए । युरोकपको सुरुवात सन् १९६० मा भएको थियो । त्यसबाट हरेक ४-४ वर्ष युरोकप आयोजना हुँदै आएको छ । त्यसबाट २०२० सम्म आइपुग्दा युरोकपको इतिहास ६० वर्ष पुगेको छ । यसै अवसरलाई मनाउन युरोकप धेरै देशमा आयोजना गर्ने निर्णय भएको हो ।
उद्घाटन खेल समूह ए मा रहेका टर्की र इटलीबीच इटलीको रोमस्थित स्टाडिओ ओलम्पियामा खेलाइनेछ । यस पटक युरोकपमा उत्कृष्ट २४ टिमले प्रतिस्पर्धा गर्नेछन् । २०१६ मा फ्रान्समा भएको युरोदेखि २४ टिमले प्रतिस्पर्धा गर्न थालेका हुन् । पोर्चुगल युरोकपको साविक विजेता हो ।
कुन–कुन देशमा हुनेछ युरो २०२० ? यस पटक युरोकप इटलीको रोम, इङ्ल्याण्डको लण्डन, नेदरल्याण्ड्सको आम्स्टर्डम, अजरवैजानको बाकु, स्पेनको सेभिया, रोमानियाको बुकारेस्ट, हंगरीको बुडापेस्ट, डेनमार्कको कोपनहेगन, स्कटल्याण्डको ग्लास्गो, जर्मनीको म्युनिख र रसियाको सेन्ट पिटर्सवर्गमा आयोजना हुनेछ । आयोजक ११ मध्ये ९ राष्ट्रले युरोकप २०२० खेल्दैछन् । तर रोमानिया र अजरवैजान भने छनोट हुन सकेनन् । अजरवैजानको बाखु र रोमानियाको बुखारेस्टले समान ४ खेल आयोजना गर्नेछन् । आयोजक राष्ट्रले समूह चरणका खेलहरु घरेलु मैदानमा खेल्न पाउनेछ । यदि दुई आयोजक एकै समूहमा परेमा सिधै छनोट हुने आयोजकले घरेलु मैदानमा खेल्नेछ ।
लण्डनमा सबैभन्दा धेरै ८ खेल हुनेछन् भने रसियाको सेन्ट पिटर्सवर्गमा ७ खेल हुनेछन् । बाँकी ९ राष्ट्रमा ४-४ खेल हुनेछ । युरोकपको सबै खेल सेन्ट्रल युरोपियन टाइम (सीइटी) अनुसार हुनेछ । त्यहाँको समयभन्दा नेपालको समय ३ घण्टा ४५ मिनेट अगाडि छ । नेपालमा ६ः४५, ९ः४५ र १२ः४५ बजे खेल सुरु हुनेछ ।
कुन समूहको खेल कुन स्थानमा ?
समूह ए (रोम/बाकु) टर्की, इटाली (आयोजक), वेल्स, स्वीट्जरल्यान्ड
समूह बी (कोपेनहेगन/सेन्ट पिटर्सवर्ग) डेनमार्क (आयोजक), फिनल्यान्ड, बेल्जियम, रसिया (आयोजक)
समूह सी (आम्स्टरडम/बुकारेस्ट) नेदरल्यान्ड्स (आयोजक), युक्रेन, अष्ट्रिया, नर्थ मेसेडोनिया
समूह डी (लन्डन/ग्लास्गो) इंग्ल्यान्ड (आयोजक), क्रोएसिया, स्कटल्यान्ड (आयोजक), चेकरिपब्लिक
समूह ई (सेभिया/सेन्ट पिटर्सवर्ग) स्पेन (आयोजक), स्वीडेन, पोल्यान्ड, स्लोभाकिया
समूह एफ (म्युनिख/बुडापेस्ट) हंगेरी (आयोजक), पोर्चुगल (साविक विजेता), फ्रान्स, जर्मनी (आयोजक)
कुन मैदानमा कुन-कुन खेल हुनेछ ?
योहान क्रुफ एरेना, आम्सटर्डम, नेदरल्याण्ड्स
समूह सीः नेदरल्यान्ड विरुद्ध युक्रेन (राति १२ः४५ बजे/आम्स्टर्डम)
समूह सीः नेदरल्यान्ड्स विरुद्ध अष्ट्रिया (राति १२ः४५ बजे/आम्स्टर्डम)
समूह सीः नर्थ मेसेडोनिया विरुद्ध नेदरल्यान्ड्स (राति ९ः४५ बजे/आम्स्टर्डम)
प्रिक्वाटरफाइनलः समूह ए को उपविजेता र समूह बी को उपविजेता (राति ९ः४५ बजे/आम्स्टर्डम)
बाकु ओलम्पियक स्टेडियम, बाकु/अजरवैजान
समूह एः वेल्सविरुद्ध स्वीट्जरल्यान्ड्स (साँझ ६ः४५ बजे/बाकु)
समूह एः टर्कीविरुद्ध वेल्स (राति ९ः४५ बजे/बाकु)
समूह एः स्वीट्जरल्यान्डविरुद्ध टर्की (राति ९ः४५ बजे/बाकु)
क्वाटरफाइनलः ४७ खेल नम्बर ४० को विजेता र खेल नम्बर ३८ को विजेता (राति ९ः४५ बजे/बाकु)
नेशनल एरेना बखारेस्ट, बखारेस्ट, रोमानिया
समूह सीः अष्ट्रियाविरुद्ध नर्थ मेसेडोनिया (राति ९ः४५ बजे/बुकारेस्ट)
समूह सीः युक्रेनविरुद्ध नर्थ मेसेडोनिया (राति ६ः४५ बजे/बुकारेस्ट)
समूह सीः युक्रेनविरुद्ध अष्ट्रिया (राति ९ः४५ बजे/बुकारेस्ट)
प्रिक्वाटरफाइनलः४२ समूह एफको विजेता र समूह ए-बी-सीको तेस्रो हुने टोली (राति १२ः४५ बजे/बुकारेस्ट)
पुस्कास एरेना, बुडापेष्ट, हंगेरी
समूह एफः हंगेरीविरुद्ध पोर्चगल (राति ९ः४५ बजे/बुडापेस्ट)
समूह एफः हंगेरीविरुद्ध फ्रान्स (राति ६ः४५ बजे/बुडापेस्ट)
समूह एफः पोर्चुगलविरुद्ध फ्रान्स (राति १२ः४५ बजे/बुडापेस्ट)
प्रिक्वाटरफाइनलः समूह सी को विजेता र समूह डी-ई-एफको तेस्रो हुने टोली (राति ९ः४५ बजेरबुडापेस्ट)
पार्केन स्टेडियमा, कोपनहेगन, डेनमार्क
समूह बीः डेनमार्कविरुद्ध फिनल्यान्ड (राति ९ः४५ बजे/कोपेनहेगन)
समूह बीः डेनमार्कविरुद्ध बेल्जियम (राति ९ः४५ बजे/कोपेनहेगन)
समूह बीः रसियाविरुद्ध डेनमार्क (राति १२ः४५ बजे/कोपेनहेगन)
प्रिक्वाटरफाइनलः ४१ समूह डी को उपविजेता र समूह ई को उपविजेता (राति ९ः४५ बजे/कोपेनहेगन)
हाम्पडेन पार्क, ग्लास्गो, स्कटल्याण्ड
समूह डीः स्कटल्यान्डविरुद्ध चेक रिपब्लिक (राति ६ः४५ बजे/ग्लास्गो)
समूह डीः क्रोएसियाविरुद्ध चेक रिपब्लिक (राति ९ः४५ बजे/ग्लास्गो)
समूह डीः क्रोएसियाविरुद्ध स्कटल्यान्ड (राति १२ः४५ बजे/ग्लास्गो)
प्रिक्वाटरफाइनलः ४४ समूह ई को विजेता र समूह ए-बी-सी-डीको तेस्रो हुने टोली (राति १२ः४५ बजेर/ग्लास्गो)
वेम्बली स्टेडियम, लण्डन, इंग्ल्याण्ड
समूह डीः इंग्ल्यान्डविरुद्ध क्रोएसिया (राति ६ः४५ बजे/लन्डन)
समूह डीः इंग्ल्यान्डविरुद्ध स्कटल्यान्ड (राति १२ः४५ बजे/लन्डन)
समूह डीः चेक रिपब्लिकविरुद्ध इंग्ल्यान्ड (राति १२ः४५ बजे/लन्डन)
प्रिक्वाटरफाइनलः समूह डी को विजेता र समूह एफ को उपविजेता (राति ९ः४५ बजे/लन्डन)
प्रिक्वाटरफाइनलः समूह ए को विजेता र समूह सी को उपविजेता (राति १२ः४५ बजे/लन्डन)
सेमिफाइनलः खेल नम्बर ४६ को विजेता र खेल नम्बर ४५ को विजेता (राति १२ः४५ बजे लन्डन) क्वाटरफाइनल २ र १ को विजेता
सेमिफाइनलः खेल नम्बर ४८ को विजेता र खेल नम्बर ४७ को विजेता (राति १२ः४५ बजे लन्डन) क्वाटरफाइनल ४ र ३ को विजेता
फाइनलः खेल नम्बर ४९ र खेल नम्बर ५० को विजेता (राति १२ः४५ बजेरलन्डन) सेमिफाइनल १ र २ को विजेता
फुटबल एरेना म्युनिख, म्युनिख, जर्मनी
समूह एफः फ्रान्सविरुद्ध जर्मनी (राति १२ः४५ बजे/म्युनिख)
समूह एफः पोर्चुगलविरुद्ध जर्मनी (राति ९ः४५ बजे/म्युनिख)
समूह एफः जर्मनीविरुद्ध हंगेरी (राति १२ः४५ बजे/म्युनिख)
क्वाटरफाइनलः खेल नम्बर ३९ को विजेता र खेल नम्बर ३७ को विजेता (राति १२ः४५ बजे/म्युनिख)
ओलम्पिक स्टेडियमा, रोम, इटली
समूह एः टर्कीविरुद्ध इटाली (राति १२ः४५ बजे/रोम)
समूह एः इटालीविरुद्ध स्वीट्जरल्यान्ड (राति १२ः४५ बजे/रोम)
समूह एः इटालीविरुद्ध वेल्स (राति ९ः४५ बजे/रोम)
क्वाटरफाइनलः खेल नम्बर ४४ को विजेता र खेल नम्बर ४३ को विजेता (राति १२ः४५ बजे/रोम)
सेन्ट पिटर्सवर्ग स्टेडियम, सेन्ट पिटर्सवर्ग, रसिया
समूह बीः बेल्जियमविरुद्ध रसिया (राति १२ः४५ बजे/सेन्ट पिटर्सवर्ग)
समूह ईः पोल्यान्डविरुद्ध स्लोभाकिया (राति ९ः४५ बजे/सेन्ट पिटर्सवर्ग)
समूह बीः फिनल्यान्डविरुद्ध रसिया (राति ६ः४५ बजे/सेन्ट पिटर्सवर्ग)
समूह ईः स्वीडेनविरुद्ध स्लोभाकिया (राति ६ः४५ बजे/सेन्ट पिटर्सवर्ग)
समूह बीः फिनल्यान्डविरुद्ध बेल्जियम (राति १२ः४५ बजे/सेन्ट पिटर्सवर्ग)
समूह ईः स्वीडेनविरुद्ध पोल्यान्ड (राति ९ः४५ बजे/सेन्ट पिटर्सवर्ग)
क्वाटरफाइनलः खेल नम्बर ४२ को विजेता र खेल नम्बर ४१ को विजेता (राति ९ः४५ बजे/सेन्ट पिटर्सवर्ग)
स्टेडियम ला कार्टुया, सेभिया, स्पेन
समूह ईः स्पेनविरुद्ध स्वीडेन (राति १२ः४५ बजे/सेभिया)
समूह ईः स्पेनविरुद्ध पोल्यान्ड (राति १२ः४५ बजे/सेभिया)
समूह ईः स्लोभाकियाविरुद्ध स्पेन (राति ९ः४५ बजे/सेभिया)
प्रिक्वाटरफाइनलः ४० समूह बी को विजेता र समूह ए-डी-ई-एफको तेस्रो हुने टोली (राति १२ः४५ बजे/सेभिया)