युरो कप खेल्ने नेदरल्यान्डको तुफानी टोली घोषणा (को-को परे ? )

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ १३ २०७८
  • तामाकोशी

एजेन्सी । नेदरल्यान्डले युरो कप २०२० खेल्ने तुफानी टोलीको घोषणा गरेको छ । बुधबार मुख्य प्रशिक्षक फ्रान्क डी बोयरले युरो कप खेल्ने २६ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका हुन् ।

भर्जिल भान डाइकको कप्तानीमा घोषणा गरिएको टोलीमा फ्रेन्की डी योङ, मेम्फिस डिपे, भान डी बिक, विज्नाल्डम, माथिस डी लाइटलगायत समावेश छन् । नेदरल्यान्डसले १३ जुनमा युक्रेनसँग खेल्दै युरो कपको सुरुवात गर्दै छ । त्यसअघि नेदरल्यान्डसले स्कटल्यान्ड र जर्जियासँग मैत्रीपूर्ण खेल खेल्नेछ । युरो कपमा नेदरल्यान्डस समूह ‘ए’मा छ ।



नेदरल्यान्ड्सको टिमः

गोलकिपरः क्रुल, किलेसने, स्टेकलेनबर्ग

डिफेन्डरः डी लाइट, ब्लिन्ड, टिम्बर, भेल्टम्यान, डम्फ्रिस, डी भ्रिज, भान आन्होल्ट, एके र विजन्डाल

मिडफिल्डरः फ्रेन्की डी योङ, ग्राभेनबर्च, विज्नाल्डम, भान डी बिक, डे रुन, क्लासेन, कुपमाइनर्स

फरवार्डः मेम्फिस डिपे, लुक डी योङ, वेगहोर्स्ट, प्रोमेस, गाक्पो, मालेन, बर्घुइस