श्रीलंकाविरुद्धको सिरिज बंगलादेशको पोल्टामा

  • प्रकाशित मिति: बुधबार, जेष्ठ १२ २०७८
  • तामाकोशी

एजेन्सी । बंगलादेशले दोस्रो ओडिआई खेलमा श्रीलंकालाई डकवर्थ लेविस पद्धतीको आधारमा १ सय ३ रनको फराकिलो अन्तरले पराजित गर्दै एक खेल अगावै सिरिज जितेको छ । तीन ओडिआई सिरिज घरेलु टोली बंगलादेशले एक खेल अगावै २–० ले जितेको हो । बंगलादेशले श्रीलंकामाथि द्विपक्षीय कुनैपनि सिरिज पहिलो पटक जितेको हो ।

जितको लागि २ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित ४० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४१ रन बनायो । ५० ओभरमा जितको लागि २ सय ४७ रनको विजयी लक्ष्य पछ्याउने क्रममा ३८ ओभरमा वर्षाको कारण १२६–९ को अवस्थामा रोकिँदा पछि श्रीलंकाले डकवर्थ लेविस पद्धतीको आधारमा उक्त लक्ष्य पाएको थियो ।



त्यसअघि शेर बंगला स्टेडियम ढाकामा टस जितेर पहिला ब्याटिङ थालेको बंगलादेश ४८.१ ओभरमा २ सय ४६ रनमा अल आउट भएको थियो । बंगलादेशका मुश्फिकुर रहिमले १ सय २७ बलमा १० चौका सहित सर्वाधिक १ सय २५ रनको शतकीय इनिङ खेले ।

पहिलो खेलमा बंगलादेश ३३ रनले विजयी भएको थियो । तेस्रो खेल शुक्रबार हुने छ ।