टुंगो लाग्योः बाँकी आइपिएलका खेलहरु युएईमा गर्ने

  • प्रकाशित मिति: मंगलबार, जेष्ठ ११ २०७८
  • तामाकोशी

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) यस सिजनका बाँकी खेल युएईमा हुने तयारी भएको छ ।

भारतीय मिडियाहरुका अनुसार मे ४ मा स्थगित भएको आइपिएलमा ३१ खेल्न बाँकी रहेका ३१ खेल युएईमा हुने टुंगो लागेको छ । भारतको इङल्याण्ड सिरिज १४ सेप्टेम्बरमा सकिने भएकाले त्यसपछि हुने विश्वकप टी(२० विचमा एक महिनाको समय बाँकी हुने र सोहि समयमा आइपिएलका बाँकी खेल खेलाउने तयारी गरिएको बताइएको छ ।



तीन सातामा १० दिनमा हरेक दिन दुई खेल खेलाएर २० खेल खेलाउने र बाँकी दुई सातामा बाँकी खेल खेलाउने गरि तयारी भएको मिडिया रिपोर्टमा उल्लेख छ । १४औ सिजनको आइपिएलका अहिलेसम्म २९ खेल खेलिएका छन् भने भारतमा कोरोना संक्रमण तिब्रगतिमा बढेपछि मे ४ मा स्थगित भएको थियो ।

आइपिएलको यस सिजनमा अहिलेसम्म दिल्ली क्यापिटल्स पहिलो स्थानमा छ भने चेन्नई सुपर किंग्स दोस्रो र रोयल च्यालेन्जर्स बैंगलोर तेस्रो स्थानमा रहेको छ ।