एजेन्सी । साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पछि पार्दै लिलले फ्रान्सेली लिगको उपाधि जितेको छ ।
आइतबार भएको अन्तिम चरणको खेलमा एन्जर्समाथि २-१ को जित दर्ता गर्दै लिल लिग च्याम्पियन बनेको हो । पिएसजीले आफ्नो खेलमा ब्रेस्टमाथि २-० को जित हासिल गरेपनि उपाधिको सिलसिलामा पूर्णविराम लागेको हो । लिलले पिएसजीलाई १ अंकले पछि पार्दै आधिपत्य तोडेको छ ।
लिलले लिगको ३८ खेलमा ८३ अंक जोड्दा पिएसजी ८२ अंकमा सिमित भयो । लिलले २४ जित, ११ बराबरी खेल्दा ३ खेलमा मात्र हार बेहोर्यो । यता पिएसजीले भने २६ खेलमा जित हात पार्दै ४ बराबरी खेल्दा ८ खेलमा पराजय भोगेको थियो ।