काठमाडौं । रियल मड्रिड र बार्सिलोनालाई पछि पार्दै एट्लेटिको मड्रिडले २१औं शताब्दिमा दोस्रो पटक ला लिगाको उपाधि जितेको छ।
पछिल्लो सिजनमा क्याटलान क्लब बर्सिलोनाबाट धपाइएका लुइस सुआरेजेले उल्लेखनिय प्रदर्शन गरेको सिजनमा एट्लेटिकोले शीर्षस्थानमा रियल मड्रिडलाई दुई अंकले पछि पार्दै उपाधि जितेको हो। खेलपछि सुआरेजे खुसीले धुरुधुरु रोएका थिए । एट्लेटिकोलाई उपाधि दिलाउन लुआरेजले २१ गोल गरे भने मार्कोस एललोरेन्तेले १२ र एन्जल कोरियाले ९ गोल गरेका छन्।
यससँगै एट्लेटिकोले पछिल्लो २५ वर्षमा शीर्ष डिभिजन फुटबलको दुई उपाधि जितेको छ। शनिबार राति सम्पन्न ला लिगाको अन्तिम खेलमा एक गोलले पछि परेको अवस्थामा पुनरागमन जित निकाल्दै एट्लेटिकोले उपाधि जित्यो। रियलले ३४ पटक उपाधि जितिसकेको छ। बार्सिलोनाले पनि २६ उपाधि जितिसकेको छ। एट्लेटिकोल चाहिँ रियलको एकतिहाइ भन्दा कम पटक जितेको छ।
एथ्लेटिको बाल्बियो, भ्यालेन्सिया, रियल सोसिडाड, डिपोर्टिभो, सेभिया र रियल बेटिसले क्रमशः ८, ६, २, १, १ र १ पटक जितेका छन्। २१औं शताब्दीमा रियल र भ्यालेन्सियाले एक–एक पटक उपाधि जितेका छन्। बाँकी सबै उपाधि रियल र बार्सिलोनाले आफ्ना पोल्टामा पारेका छन्।
स्पेनको राजधानी मड्रिडमा १९०३ अप्रिलमा स्थापना भएको एट्लेटिकोले १८३९–४० को सिजनमा पहिलोपटक उपाधि जितेको थियो। त्यसपछि उसले ३३ उपाधि जितिसकेको छ। त्यसमा उसले १९४०–४१, १९४९–५०, १९५०–५१, १९६५–६६, १९६९–७०, १९७२–७३, १९९५–९६ मा पनि उपाधि जितेको थियो। उसले अन्तिम पटक २०१४ मा उपाधि जितेको थियो।
जारी सिजनका शीर्ष चारमा रहँदै एट्लेटिको, रियल मड्रिड, बार्सिलोना र सेभियाले च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेका छन्। त्यस्तै, रियल सोसिडाड र रियल बेटिस युरोपा लिगमा जानेछन्।
तालिकाको पुछारमा रहेका आइबर, भालाडोलिड र ह्वेस्का भने रेलिगेट भएका छन्।