काठमाडौं । फ्रेन्च कप फुटबलको उपाधि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जितेको छ।
बुधबार राति भएको फाइनल खेलमा मोनाकोमाथि २–० को जित निकाल्दै पिएसजीले पछिल्लो सात वर्षमा छैटौँपटक उपाधि उचालेको हो।
पेरीसमा भएको फाइनलमा पीएसजीको जितमा माउरो इकार्की र केलियन एम्बाप्पेले एक एक गोल गरे । पीएसजीको यो १४ औं कोपा दे फ्रान्सको उपाधि हो । यसका साथै पीएसजीका प्रशिक्षक माउरिसियो पोचेटिनका लागि पीएसजीसँग पहिलो उपाधि हो । सस्पेन्सनका कारण नेयमारविना नै मैदानमा उत्रिएको पीएसजीले खेलको १९ औं मिनेटमा खेलमा अग्रता बनायो । उसका लागि माउरो इकार्डीले गोल गर्न सफल भए
एक गोलले पछि परेको मोनाकोले त्यसको केहि बेरमा खेल बराबरी गर्ने उत्कृष्ट मौका खेर फाल्यो । उसका निको कोभाकको पासमा गल्सोन मार्टिन्सको प्रहार क्रसबारमा लागेर फर्कियो ।
पहिलो हाफमा एक शुन्यको अग्रता बनाएको पीएसजीले ८१ औं मिनेटमा अन्तर दुई शुन्यमा पुर्यायो । उसका लागि मोनाकोका पूर्व खेलाडी केलीयन एम्बाप्पेले गोल गरे । उनले इकार्डीसँगको सहकार्यमा गोल गरेका थिए । ११ बर्षपछि कोपा दे फ्रान्सको फाइनलमा पुगेको मोनाको त्यसपछि खेलमा फर्कन सकेन र पीएसजीले सहज जित निकाल्यो ।