युभेन्ट्सले जित्यो १४ औं पटक कोपा ईटालियाको उपाधि

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ ६ २०७८
  • तामाकोशी

एजेन्सी । युभेन्ट्सले ईटालियन कोपा ईटालियाको उपाधि जितेको छ ।

बुधबार राति एटलान्टालाई पराजित गर्दै युभेन्ट्सले घरेलु कपको उपाधि उचालेको हो । उपाधि भिडन्तमा युभेन्ट्सले एटलान्टालाई २–१ गोल अन्तरले पराजित गर्यो ।



खेलमा अग्रता युभेन्ट्सले ३१ औं मिनेटमा देजान कुलुसेवस्कीको गोलमा लिएको थियो । रुस्लान मालिनोवस्कीले ४१ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको ७३ औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै युभेन्ट्सलाई उपाधि दिलाएका हुन् ।

खेल सकिन दुई मिनेट अघि टालोई रातो कार्ड खादै मैदान बाहिरिएपछि एटलान्टा १० खेलाडीमा सिमित बनेको थियो । युभेन्ट्सले कोपा ईटालियाको उपाधि १४ औं पटक उचालेको हो ।

उसले सन् १९६३ पछि पहिलो पटक यो उपाधि हात पारेको हो। प्रशिक्षक आन्द्रे पिर्लोको नेतृत्वमा युभेन्ट्सले पहिलो उपाधि हात पारेको हो ।