च्याम्पियन्स लिगको फाइनल खेल पोर्चुगलमा सारियो

  • प्रकाशित मिति: बिहिबार, बैशाख ३० २०७८
  • तामाकोशी

एजेन्सी । च्याम्पियन्स लिग फुटबलको फाइलन खेल पोर्चुगलमा हुने भएको छ । युएईएफले बिहीबार च्याम्पियन्स लिगको फाइनल पोर्चुगलको पोर्टोमा हुने जनाएको छ ।

पोर्चुगलमा हुने फाइनल खेलमा दुवै टोलीका दर्शकले अनुमति पाउने भएका छन् । जसमा दुवै टोलीका ६-६ हजार दर्शकले रंगशालामा बसेर खेल हेर्न पाउने छन् । च्याम्पियन्स लिगको फाइनलमा दुई क्लब म्यानचेस्टर सिटी र चेल्सी भिड्ने छन् । सिटी र चेल्सीबीचको फाइनल खेल मे २९ मा हुनेछ ।



यसअघि यो फाईनल खेल लन्डन स्थित वेम्बले स्टेडियममा हुने तय भएको थियो तर तर प्रसारक र अतिथिहरुले बेलायती अधिकारीहरूबाट क्वारेन्टाइनका लागि राहत पाउन सकेनन्। च्याम्पियन्स लिगको सेमिफाईनलमा चेल्सीले १३ पटकको विजेता स्पेनिश क्लब रियल म्याड्रिडलाई पराजित गरेको थियो ।

यस पटकको फाईनलमा सन् २००८ को च्याम्पियन्स लिग फाईनल खेलेका दुबै टोली पुनः एकआपसमा भिडने भएका छन । चेल्सीले सन् २००८ मा मस्कोमा भएको फाईनल खेलमा म्यान्चेस्टर सिटीसँग पराजित भएको थियो । यसअघि भएको सेमिफाईनल प्रतिस्पर्धामा रियाद महरेजको २ गोलको मद्दतले पेरिस सेज्ट जर्मनलाई पराजित गर्दे म्यान्चेस्टर सिटीले फाईनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।