लालिगा महाभिडन्तः रियललाई शीर्षस्थानमा उक्लने ठुलो अवसर

  • प्रकाशित मिति: आइतबार, बैशाख २६ २०७८
  • तामाकोशी

एजेन्सी । स्पेनिस ला लिगामा आज राति उपाधि होडमा रहेको दुई टोली रियल म्याड्रिड र सेभियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल रियलको मैदान अल्फ्रेडो डि स्टेफानोमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ ।

उपाधि होडमा रहेको रियल सेभियालाई पराजित शीर्ष स्थानमा उक्लने दाउमा हुनेछ । शनिबार राति उपाधि होडमा रहेका एट्लेटिको म्याड्रिड र बार्सिलोनाले गोलरहित बराबरी खेलेपछि रियलले शीर्षस्थानमा उक्लने अवसर पाएको हो । सेभियालाई हराउन सके रियलले शीर्षस्थानको एट्लेटिकोसँग अंक बराबरी गर्दै हेड टु हेडमा शीर्षस्थान कब्जा गर्नेछ ।



एट्लेटिकोको ३५ खेलबाट ७७ अंक छ । दोस्रो स्थानको बार्सिलोनाको ७५ तथा एक खेल कम खेलेको रियलको ७४ अंक छ । चौथो स्थानको सेभियाको ७० अंक छ ।

तर, सेभियाविरुद्ध रियललाई चोटले पिरोलेको छ । कप्तान तथा सेन्टर ब्याक सर्जियो रामोसले पुन चोट बोक्दै टोलीबाट बाहिरिएका छन् ।