चैत २५ देखी २८ गतेसम्म दोस्रो मेयर कप भलिबल प्रतियोगिता हुँदै

  • प्रकाशित मिति: मंगलबार, चैत्र २४ २०७७
  • तामाकोशी

रामेछाप । चैत २४ गते,
रामेछापको मन्थली नगरपालिमा दोस्रो मेयर कप भलिबल प्रतियोगिता हुने भएको छ । यहि चैत २५ गते बुधबारदेखी २८ गते शनिबार सम्म जिल्ला समन्वय समिति रामेछापको प्राङ्गणमा प्रतियोगिता सञ्चालन हुने मन्थली नगरपालिकाले जनाएको छ । जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले एक सूचना मार्फत नगरपालिका भित्रका १४ वटै वडाको सहभागिता रहने प्रतियोगिताको शर्तहरु सार्वजनिक गरेको छ । नगरपालिकाले प्रतियोगितकाका लागि चैत २४ गते दिउँसो १ः०० बजे टेक्नीकल टिमको बैठक बस्ने र दिउँसो २ः०० बजे टाइम सिट वितरण गर्ने तयारी गरेको छ ।