आज राति रोनाल्डोको युभेन्टसले डाइनामो किभ भिडन्त गर्दै

  • प्रकाशित मिति: बुधबार, मंसिर १७ २०७७
  • तामाकोशी

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा आज राति इटालियन क्लब युभेन्टसले युक्रेनी क्लब डाइनामो किभ भिड्दै छन् ।

युभेन्टसको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति १ः४५ बजे शुरु हुनेछ । युभेन्टस चौंथो जित निकाल्ने लक्ष्यमा हुनेछ । युभेन्टस ९ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ ।



युभेन्टस नकआउट चरणमा प्रवेश गरिसकेको छ । किभ १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।