आइपिएल: आज एलिमिनेटर बेंगलोर र हैदराबाद गर या मर स्थितिमा (बल बाइ बल लाइभ सहित)

  • प्रकाशित मिति: शुक्रबार, कार्तिक २१ २०७७
  • तामाकोशी

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) को एलिमिनेटर खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ः४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ ।

आजको विजेता टोली दोस्रो क्वालिफायरमा पुग्ने छ । पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई हराउँदै मुम्बई इन्डियन्स फाइनलमा पुगि सकेको छ । आजको विजेताले फाइनलमा पुग्न दोस्रो क्वालिफायरमा आइतबार दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । हैदराबाद तेस्रो र बेंगलोर चौथो स्थानमा रहेर एलिमिनेटरमा स्थान बनाएका हुन् ।



पछिल्लो खेलमा मुम्बईलाई हराएको हैदराबादको मनोबल उच्च छ । अन्तिम तीन खेलमा हैदराबादलाई लगतार जित दिलाउन यी दुई ब्याट्सम्यान नायक बन्दै आएका छन् ।

यता बेंगलोर पछिल्ला चार खेलमा लगातार हारको नजिताबाट पाठ सिक्दै हैदराबादविरुद्ध उत्कृष्ट जितका साथ क्वालिफायरमा चाहन्छ । कप्तान विराट कोहलीबाट बेंगलोर ठूलो इनिङ चाहन्छ । आक्रामक ब्याट्सम्यान एबी डी भिलियर्सको प्रर्दशन बेंगलोरलाई निकै महत्वपूर्ण हुने छ । बल बाइ बल लाइभ हेर्न यहाँ क्लिक गर्नुहोस् ।