युरोपा लिग: टोटेनहमद्धारा यसरी गर्याे विजयी ३ गोल (भिडियो सहित)

  • प्रकाशित मिति: शुक्रबार, कार्तिक २१ २०७७
  • तामाकोशी

काठमाडौं । प्रिमियर लिग क्लब टोटेनहम युरोपा लिगअन्तर्गत तेस्रो खेलमा जित निकालेको छ । बिहीबार राति भएको खेलमा टोटेनहमले लुडोगोरेस्टमाथि ३-१ गोलको जित निकालेको हो ।

लुडोगोरेस्टको घरेलु मैदानमा भएको खेलमा टोटेनहमलाई जित दिलाउन ह्‌यारी केन, लुकास मोरा र गोविना केलासोले एक-एक गोल गरे । उता लुडोगोरेस्टका लागि कालुडी केसेरुले एक गोल गरे । खेलको १३औं मिनेटमा केनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । ३२औं मिनेटमा मोराले गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पारे । पहिलो हाफमा दुई गोल गरेको टोटेनहमले दोस्रो हकाफमा थप एक गोल गरेको हो ।



खेलको ५०औं मिनेटमा लुडोगोरेस्टका लागि केसेरुले गोल गर्दै टिमलाई सहज स्थितिमा ल्याए । ६२औं मिनेटमा केलासोले गोल गर्दै टोटेनहमलाई ३-१ गोलको जित दिलाए । जितसँगै टोटेनहमले समूह ‘जे’मा तीन खेलबाट ६ अंक जोडेको छ । टोटेनहम तालिकाको दोस्रो स्थानमा छ । पराजित लुडोगोरेस्ट तालिकाको पुछारमा छ ।