काठमाडौँ । यूएईमा जारी १३औँ संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा आज मुम्बई इन्डियन्स र दिल्ली क्यापिटलबीच प्रतिस्पर्धा हुँदैछ । जारी आईपीएलको क्वालिफायर–१ को खेल नेपाली समयानुसार बेलुकी ७ः४५ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।
साविक विजेता मुम्बई अंक तालिकाको शीर्षस्थान रहँदै क्वालिफायरमा पुगेको हो । उसले कूल १८ अंक जोडेको छ । लिगका १४ मध्ये पाँच खेलमा मात्रै पराजय बेहोरेको मुम्बई उत्कृष्ट लयमा छ । १६ अंक जोडेको दिल्ली अंक तालिकाको दोस्रो स्थानमा छ । ८ खेलमा जित र ६ खेल हारेको दिल्ली समूह चरणको अन्तिम खेलमा बैंगलोरलाई हराउँदै क्वालिफायरमा पुगेको हो । समूह चरणको दुवै खेलमा मुम्बईले दिल्लीलाई स्तब्ध पारेको थियो ।
विजयी टिम फाइनल प्रवेश गर्नेछ भने पराजित टिमले क्वालिफायर–२ मा इलिमिनिटर विजेतासँग खेल्नेछ । इलिमिनिटर शुक्रबार अबुधाबीस्थित शेख जायद रंगशालामा रोयल च्यालेन्जर्स बैंगलौर र सनराइजर्स हैदरावाबीच हुँदैछ ।
अबुधाबीमा आइतबार हुने क्वालिफायर–२ मा जित निकाल्ने टिम र क्वालिफायर–१ विजेताबीच उपाधिका लागि आगामी सोमबार दुबईमा प्रतिस्पर्धा हुनेछ । बल बाइ बल लाइभ हेर्न यहाँ क्लिक गर्नुहोस् ।