आईपीएलः आज चेन्‍नई र राजस्थान खेल्दै, दुबैलाई जित्‍नैपर्ने (बल बाइ बल लाइभ सहित)

  • प्रकाशित मिति: सोमबार, कार्तिक ३ २०७७
  • तामाकोशी

काठमाडौं । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्‍वान्टी क्रिकेटअन्तर्गत चेन्‍नई सुपर किङ्सले आज लिगको दशौं खेल खेल्दै छ । सेख ज्यायद क्रिकेट स्टेडियममा चेन्‍नईले राजस्थान रोयल्ससँग प्रतिस्प’र्धा गर्न लागेको हो । दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।

आजको खेलमा दुवै टोली जित्‍नैपर्ने दबा’बमा छन् । ८ खेलबाट ६ अंकका साथ तालिकाको पुछा’रमा रहेको राजस्थान आजको खेलमा जित निका’ल्दै अघिल्लो चरण प्रवेशका लागि आफ्नो सम्भाव’ना जी’वित राख्‍ने योजनामा छ । यता तालिकाको पुछा’रबाट दोस्रो स्थानमा रहेको चेन्‍नई पनि आजको खेलमा जित निकाल्ने योजनामा छ ।



साबिकको उप-विजेता टोली भएका कारण पनि चेन्‍नईलाई जित्नैपर्ने दबा’ब छ । दुई टोलीबीच आजको खेलमा जित निकाल्ने टिमलाई अघिल्लो चर’ण प्रवे’शमा सहज हुनेछ । बल बाइ बल लाइभ हेर्न यहाँ क्लिक गर्नूहोस् ।