आइपिएलः कोहोलीको बैंगलोरसंग किृ’स गेलसहितको पन्जाब भिड्’दै (बल बाइ बल लाइभ)

  • प्रकाशित मिति: बिहिबार, असोज २९ २०७७
  • तामाकोशी

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (बिहीबार) रोयल च्यालेन्जर्स बैंगलोर र किङ्’स इलाभेन पन्जाबबीच प्रति’स्पर्धा हुँदैछ ।

सारजाहमा बैंगलोर र पन्जाब आठौं खेलका लागि मैदान उत्रने छन् । बैंगलोर र पन्जाबबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे बाट सुरु भएको हो । सारजाह क्रिकेट स्टेडियममा बैंगलोर छैटौं जितको खोजीमा हुनेछन् । अघिल्ला ७ खेलमा बैंगलोरले ५ जितसहित १० अंक जोडेको छ । विराट कोहलीको कप्ता’नीमा रहेको बैंगलोर तेस्रो स्थानमा रहेको छ । पन्जाबलाई हराएर बैंगलोर शीर्ष दुई भित्र उक्लन चाहन्छ ।



तर, केएल राहुलको कप्ता’नीमा मैदान उत्रने पन्जाबलाई हराउन बैंगलोरलाई सहज हुने छैन । यस सिजन खराब प्रदर्शन गरिरहेको पन्जाब भने दोस्रो जितको खोजीमा हुनेछ आज सिजनको पहिलो पटक किृ’स गेल खेल्दैछ । ७ खेलमा २ अंक जोडेको पन्जाब पुछारमा रहेको छ । पन्जाबले यस सिजन बैंगलोरलाई नै हराएको थियो । त्यसबाहेक अन्य जित निकाल्न सकेको छैन । बल बाइ बल लाइभ हेर्न यहाँ क्लिक गर्नुहोस् ।