काठमाडौं । आईपीएलको १३ औँ सीजनको सेके’ण्ड हा’फ आजबाट शुरु भएको छ । लीगमा सबै टीमले एक अर्का टीमसँग खेलिसकेका छन् । आजबाट सबै टीम फेरि खेल्नेछन् ।
लीगको २९ औँ म्याच आज सनराइजर्स हैदराबाद र चेन्नई सुपरकिंग्सबीच खेल हुँदैछ । दुबईमा हैदराबाद र चेन्नई आफ्नो आठौं खेलका लागि मैदान उत्रने छन् । खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा डेभिड वार्नरको कप्तानीमा रहेको हैदराबाद चौंथो जितको खोजीमा हुनेछ । हैदराबाद ७ खेलमा ६ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । चेन्नईलाई हरा’एर हैदराबाद अंक तालिका सुधार गर्न चाहन्छ । तर, महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नईलाई हराउँन हैदराबादलाई सहज भने हुने छैन ।
हैदराबादलाई हराएर चेन्नई तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । चेन्नई ७ खेलमा ४ अंक जोडेर पुछा’रबाट दोस्रो स्थानमा रहेको छ । यस्तै चेन्नई पहिलो भेटमा व्यहोरेको हा’रको बदला समेत लिने योजनामा हुनेछ । यसै सिजनको पहिलो भेटमा चेन्नईलाई हैदराबादले ७ रनले पराजित गरेको थियो । बल बाइ बल लाइभ हेर्न यहाँ क्लिक गर्नुहोस् ।