म्यानचेस्टर सिटीका पोस्टमा लेस्टरका पाँच गोल (भिडियो सहित)

  • प्रकाशित मिति: सोमबार, असोज १२ २०७७
  • तामाकोशी

एजेन्सी । जिम्मी भार्डीले ह्याट्रिक गरेपछि लेस्टर सिटीले प्रिमियर लिगमा म्यानचेस्टर सिटीमाथि ५-२ को जित हात पारेको छ। चौथो मिनेटमा सिटीका रियाद मेहरजको गोलसँगै लेस्टर पछि परेपनि त्यसपछि सनसनीपूर्ण जित हात पार्दै अंक तालिकाको शीर्षमा उक्लियो।
३७औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै भार्डीले खेल १-१ को बराबरीमा ल्याएका थिए। कायल वाल्कले फल गरेपछि लेस्टरले पेनाल्टी पाएको थियो। यस्तै ५३औं मिनेटमा पेनाल्टी क्षेत्रभित्रबाट दोस्रो गोल गर्दै टोलीलाई अग्रता दिलाए। ५८औं मिनेटमा पुनस् पेनाल्टीमा गोल गर्दै भार्डीले लेस्टरलाई ३-१ ले अघि बढाए। जनवरीदेखि यता पहिलोपल्ट जेम्स मिड्सनले गोल गरेपछि लेस्टरले ४-१ को अग्रता पायो। ८४औं मिनेटमा यसै समरमा ४० मिलियन पाउण्डमा सिटीसँग बोर्नमाउथबाट अनुबन्ध भएका नाथन आकेले एक गोल फर्काए।
त्यसको चार मिनेटमा नै योरी टेल्सम्यानले पुनस् पेनाल्टीमार्फत गोल गरेपछि लेस्टरले सिटीमाथि ५-२ को जित हात पार्‍यो।