सुपर कपको उपाधिका लागि आज बायर्न र सेभिया भि’ड्दै

  • प्रकाशित मिति: बिहिबार, असोज ८ २०७७
  • तामाकोशी

काठमाडौं । यूईएफए सुपर कपको उपाधिका लागि बिहीबार राति बायर्न म्युनिख र सेभिया भि’ड्दै छन्। खेल हंगे’रीको पुस्कास एरिनामा नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ।
च्याम्पियन्स लिग फुटबलको अघिल्लो सिजनको विजेता बायर्न र युरोपा लिग फुटबलको विजेता सेभिया यूईएफए सुपर कपको उपाधिका लागि खेल्नलागेका हुन्। च्याम्पियन्स लिगको ट्रफी उचालेकोे बायर्न सुपर कपको उपाधि पनि उचाल्न चाहन्छ। उता युरोपा लिग विजेता सेभिया पनि बायर्नलाई हराएर सुपर कप जित्न चाहन्छ।
बायर्न र सेभियाले समान एक पटक सुपर कपको उपाधि आफ्नो पक्षमा पारिसकेका छन्। बायर्नले २०१३ र सेभियाले २००६ मा उपाधि उचालेका थिए।